अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्रिय लोकदोहोरी महोत्सव टुँडिखेलमा

राष्ट्रिय लोकदोहोरी महोत्सव टुँडिखेलमा


काठमाडौं – आगामी चैत २५ देखि ३० सम्म टुँडिखेलमा ‘राष्ट्रिय लोकदोहोरी महोत्सव’ हुने भएको छ । नेपाली कला, संस्कृति तथा लोकगीतको पहिचान तथा प्रवद्र्धनका लागि डिएआर मुभिजले ‘राष्ट्रिय लोकदोहोरी महोत्सव २०७८’ (प्रतियोगितासहितको सांस्कृतिक मौलिक मेला) को आयोजना गर्न लागेको हो।

विभिन्न जिल्लाको स्थानीय कला संस्कृति झल्कने झाँकीदेखि विभिन्न जिल्लाको स्थानीय कलालाई देखाउने गरी कार्यक्रम सम्पन्न गरिने आयोजकले जनाएको छ । आयोजक संस्था डिएआर मुभिजले यसअघि २०७६ सालमा राष्ट्रिय काँठे लोकदोहोरी महोत्सवको आयोजना गरेको थियो । महोत्सवमा २७ वटा जिल्लाबाट सांस्कृतिक झाँकी र्याली गरिएको थियो । २०७६ फागुनमा टुँडिखेलमा भएको कार्यक्रम पाँच लाखभन्दा बढी दर्शकले अवलोकन गरेका थिए ।

यसपटक प्रतियोगितामा दश लाखभन्दा बढी दर्शकले प्रत्यक्ष अवलोकन गर्ने आयोजक समितिले दाबी गरेको छ । टुँडिखेलमा हुने कार्यक्रम दर्शकले निःशुल्क अवलोकन गर्न पाउने छन् । विभिन्न सम्मानसहितको सांस्कृतिक कार्यक्रममा लोक तथा दोहोरी गीतका प्रतिष्ठित कलाकारहरूको सहभागिता रहनेछ ।

प्रतियोगतामा प्रथम हुनेले नगद पुरस्कार पाँच लाख, दोस्रोले तीन लाख, तेस्रोले दुई लाखसँगै मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । कार्यक्रमको अन्तिम दिन डिजे तेञ्जिङको प्रस्तुति रहने छ ।