अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कपिलवस्तु डुंगा पिङ दुर्घटनामा घाइते हुनेको सङ्ख्या १४ जना पुग्यो

कपिलवस्तु डुंगा पिङ दुर्घटनामा घाइते हुनेको सङ्ख्या १४ जना पुग्यो


कपिलवस्तु – कपिलवस्तु महोत्सवमा दर्शक सवार डुंगा पिङ दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । शुक्रवार साँझ भएको दुर्घटनामा तीन जना गम्भीर घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक दान बहादुर कार्कीले गम्भीर घाइतेको उपचारको लागि बुटवल लगिएको बताएका छन् ।  

गम्भीर घाइते हुनेमा बाणगंगा नगरपालिका वडा नम्बर १ का अर्जुन क्षेत्री, सिर्जना थारु र कपिलवस्तु नगरपालिका वडा-९ का आकृति खनाल रहेका छन् । यसै गरी सामान्य घाइते हुनेमा शितगंगा नगरपालिका २ मनीषा  क्षेत्री, बाणगंगा नगरपालिका वडा-४ का आशिका बिसी, अञ्चल पुन, बम बहादुर क्षेत्री, वडा-८ का सीमा खत्री, महिमा चौधरी, सिर्जना सुनार, वडा-९ का कृष्ण घर्ती मगर रहेका छन् ।