अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

महोत्तरीमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

महोत्तरीमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु


महोत्तरी – महोत्तरीको जलेश्वर–जनकपुर सडकखण्डस्थित चाँदनी चोक नजिकै मोटरसाइकल दुर्घटना हुँदा आज एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा जनकपुर उपमहानगरपालिका–२१ कुर्थाका ४५ वर्षीय उपेन्द्र महासेठ रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताउनुभयो ।

प्र–२–०२–००३ प ७८७५ नंको मोटरसाइकलमा चढेर जनकपुरबाट जलेश्वर जाँदै गरेको अवस्थामा तीव्रगतिका कारण आफैं अनियन्त्रित भई जिल्लाको पिपरा गाउँपालिका–५ चाँदनी चोक नजिकै दुर्घटना हुँदा उहाँको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उपेन्द्रको उपचारका क्रममा जनकपुरस्थित प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।