अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना

मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना


काठमाडौं- देशका केही भागमा पानी पर्ने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो प्रदेश–१ को पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

प्रदेश–१, वाग्मती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ । अन्य भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

आज राति प्रदेश–१, वाग्मती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने विभागले जनाएको छ । अन्य प्रदेशमा मौसम सामान्यतया सफा रहने विभागको पूर्वानुमान छ ।