महोत्तरी- महोत्तरी जिल्लाको सोनमा गाउँपालिका ३ स्थित सीमा ईलाकाबाट चैत्र १६ गतेसशस्त्र प्रहरीले श्रोत नखुलेको ८ लाख १५ हजार नेपाली रुपैयाँसहित सोही ठाउँ बस्ने २४ वर्षीय सुनिल महतो र २६ वर्षीय अनिल महतोलाई पक्राउ गरेको छ ।
प्रदेश नम्बर ०२–०२–००२ प ९३५ नम्बरको मोटरसाईकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल बिओपी रघुनाथपुरबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनीहरुको साथमा फेला परेको उक्त रुपैयाँको श्रोत नखुलेपछि पक्राउ गरिएको हो ।







प्रतिक्रिया