अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

‘समृद्ध नेपाल, सुखी नेपाल’ अभियानलाई माया गर्ने कम्युनिष्ट हुन् : अध्यक्ष ओली

‘समृद्ध नेपाल, सुखी नेपाल’ अभियानलाई माया गर्ने कम्युनिष्ट हुन् : अध्यक्ष ओली


काठमाडौं – नेकपा एमाले अध्यक्ष केपी ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ अभियानलाई माया गर्ने मात्र कम्युनिष्ट हुने बताउनुभएको छ ।

एमालेनिकट बुद्धिजीवी परिषद्को १०औं राष्ट्रिय अधिवेशनको आज उद्घाटन सत्रलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले राष्ट्रिय हित चिताउने र गर्ने तथा जनताको सेवाका लागि काम गर्ने पार्टी कम्युनिष्ट हुने बताउनुभएको हो ।

देशमा नाफामूलक राजनीतिले अस्थिरता ल्याएको बताउँदै उहाँले नाफामूलक राजनीति गर्नेले नाफा नहुनेबित्तिकै पार्टी टुक्र्याउने गरेको आरोप लगाउनुभयो ।

समृद्ध नेपाल र सुखी नेपालीको अभियानका साथ एमाले अघि बढेको भन्दै उहाँले देश र जनताको समानुकूल समृद्धि बनाउने बाटोमा अघि बढेको बताउनुभयो । आस्थाका आधारमा कसैमाथि विभेद नगर्ने बताउँदै ओलीले राजनीतिक आस्थाभन्दा राष्ट्रहितको विषयमा मिलेर काम गर्न सकिने उल्लेख गर्नुभयो  ।