अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भागबण्डा हुँदैन, मापदण्डका आधारमा गठबन्धन: अमर पुन 

भागबण्डा हुँदैन, मापदण्डका आधारमा गठबन्धन: अमर पुन 


बुटवल – नेपाली कांग्रेस लुम्बिनीका प्रदेश सभापति अमर पुनले सम्पती र खानेकुरा बाँडेजस्तो गठबन्धनमा भागबण्डा नहुने बताउनु भएको छ ।

पुनले जुन पालिकामा जुन पार्टी बलियो छ त्यसकै आधारमा मापदण्ड बनेर गठबन्धन दलकाबीच चुनावी तालमेल हुने बताउनु भएको हो ।

लुम्बिनीले आज बुटवलमा आयोजना गरेको कार्यक्रममा प्रदेश सभापति पुनले जनमतको आधारमा गठबन्धन हुने बताउनु भयो ।

‘सम्पती र खानेकुरा भए बराबर बाँडेर खान सकिन्थ्यो होला । जनताको बीचमा जाने कुरा हो’ उहाँले भन्नुभयो,  ‘त्यो पालिकामा कसको जनमत बढी छ । त्यही पार्टीलाई लिडिङ गराएर अन्य पार्टीका साथीलाई त्यो भन्दा तल व्यवस्थापन गर्ने हो।’

लुम्बिनीमा कुन पालिकामा कुन पार्टीलाई नेतृत्वमा अघि सार्ने भन्ने कुरा छलफलबाट छिट्टै टुंग्याउने उहाँको भनाइ छ । उहाँले भागबण्डाबाट नभई मापदण्डबाट कुन पार्टीका लागि कुन पालिका उपयुक्त हुन्छ टुंगो लगाउने बताउनु भयो ।

‘चिरा चिरा पारेर यती उपमहानगरपालिका र नगरपालिका फलानालाई यो गाउँपालिका फलानालाई भन्ने हुँदैन। उहाँले भन्नुभयो,  ‘दलीय रुपमा भागबण्डा होइन कि मापदण्ड निर्माण गरेर गर्छौँ।’