इलाम – महानगरका कुनैबेलाका चर्चित मेयर केशव स्थापित अघिल्लो पटकको स्थानीय तहको निर्वाचन प्रचारमा क्रममा करिब एक साता प्रदेश नं १ का विभिन्न पालिकामा पुग्नुभयो । स्थापित पुगेपछि उहाँका बारेमा सुनेका पार्टीका कार्यकर्ता मतदाताहरु रातसाँझ भेला बैठकहरुमा झुम्मिन्थे ।
‘मेयर’को बिम्ब बनाएका स्थापित २०५४ देखि २०५९सम्म काठमाडौ महानगरपालिकाको मेयर हुनुहुन्थ्यो । त्यसबेला स्थापितले गरेको दीर्घकलिन विकासका काम त्यसमा भएको लडिभिड मान्छेले अहिले पनि सम्झन्छन् । माइती मण्डलाको बस्ती हटाउदा स्थानीबासीसँग भएको भिडन्त होस वा तीनकुने अथवा कालिमाटी सबै अवरोधलाई छिचोलेर गरेको विकास निर्माणको लहरका कारण आम मतदाताले स्थापितलाई साहसी मेयरको रुपमा सम्झन्छिन् ।
त्यती मात्र होइन खेलकुद परिषदको सदस्य सचिव भएका बेला एकै दिन करिब ७ सयजना एमाले कार्यकर्तालाई परिषदको स्थायी नियुक्ती दिएकोले कार्यकर्तालाई संरक्षण गर्ने नेताको रुपमा पनि सम्भmन्छन् ।
त्यतै मात्र होइन विकास र समृद्धिका अनेकन सपना दिने मात्र होइन त्यसलाई रमाइलो प्रष्तुती गरेर अहिले नै त्यसको अनुभती दिनसक्ने केशवको अर्को क्षमता हो । त्यसैले यसपाली फेरी स्थापित अघिल्लो निर्वाचनमा आफू प्रचारमा हिडेका,रणनीति बनाइदिएका र केही विकासका मोडलहरु शेयर गरेका नगर र गाउँपालिकामा पुग्नुभएको छ ।
‘अहिले म इलामको रोङ गाउँपालिकामा छु । तीनदिन भयो यता आएको’ यो बुधबार बेलासँग कुरा गर्दै स्थापितले भन्नुभयो ‘विभिन्न नगरपालिकामा एमालेका कमिटीहरुसँग क्लोज मिटिङ गर्दै हिडेको छु । ’ मिडियासँग खुला खुलस्त कुरा गर्ने आदत भए पनि चुनावको मुखमा भएकोले आफूले बनाएको रणनीति सावर्जनिक हुँदा विपक्षीले प्रतिरोधी रणनीति बनाउने खतरा भएकोले धेरै कुरा बोल्नु उपयुक्त नहुने स्थापितको भनाइ छ । ‘कतिपय ठाउँमा पार्टी र कतिपय ठाउँमा व्यक्तीको भूमिका महत्वपूर्ण हुन्छ’ स्थापितले भन्नुभयो ‘अहिलेसम्म मिटिङ गरेका ठाउँहरुमा मैले चुनावी रणनीति बनाउने बारेमा सुझाव दिएको छु । त्यो कुरा फलो अप भएका चुनाव सजिलै जितिन्छ । ’
स्थापितले अहिलेसम्म इलामको इलाम नगरपालिका,सूर्योदय र रोङ गाउँपालिकाको पार्टीसँग छलफल गर्नुभएको छ । अब झापाका मेचीनगर,विर्तामोड,शिवसताक्षी र दमकमा पनि पार्टी र विभिन्न समुहसँग छलफल गर्न जाने स्थपितले बताउनुभयो । पार्टी बाहेक आफूले खेलाडीहरु,क्रिश्चियन समुदाय,नेवार समुदाय,विभिन्न महिला र उद्यमी समुहसँग अलग अलग भेट गरेको बताउनुभयो ।
इलाम नगरपालिकाका मेयर महेश बस्नेतका अनुसार स्थापितसँग अनौपचारिक प्रकारको भेटघाट भएको बताउनुभयो । ‘चुनावको मुखमा पार्टी नेता चर्चित पूर्व मेयर आएपछि विभिन्न चुनावी रणनीतिको बारेमा छलफल भयो नै’ बस्नेतले भन्नुभयो ‘उहाँको साहसिलोे र भिजनरी कुराले सहभागीहरु उत्साहित छन् । ’
‘ काठमाडौ कहिले फर्कने ?’ यो बेलाको प्रश्नमा स्थापितले भन्नुभयो ‘काठमाडौ महानगरको मेयरको निर्णय भएपछि मात्र फर्कन्छु । ’
प्रतिक्रिया