अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

झापाको अर्जुनधारामा वडाध्यक्ष तामाङ मेयरमा सर्वसम्मत सिफारिस

झापाको अर्जुनधारामा वडाध्यक्ष तामाङ मेयरमा सर्वसम्मत सिफारिस


विराटनगर- झापाको अर्जुनधारा नगरपालिकाको मेयरमा सोही नगरपालिकाको वडा नम्बर १० का वडाध्यक्ष बलदेव सिंह गोम्तेन तामाङ सर्वसम्मत सिफारिस हुनुभएको छ ।

२०७४ को स्थानीय निर्वाचनमा नेकपा एमालेबाट वडाध्यक्ष निर्वाचित हुनुभएका तामाङ मेयरमा सर्वसम्मत सिफारिस हुनुभएको हो । उहाँ एमालेको अर्जुनधारा नगर कमिटी अध्यक्ष समेत हुन् ।

मेयरमा आकांक्षा देखाएका आधा दर्जन आकांक्षीहरुले अन्तिममा आफूलाई सर्वसम्मत रुपमा उम्मेदवार बनाउन सिफारिस गरेको तामाङले बताउनुभयो ।

अर्जुनधाराका ११ वटा वडाहरु मध्ये मेयरमा तामाङसहित चारवटा वडाका वडाध्यक्षहरु समेत एमालेले सर्वसम्मत सिफारिस गरिसकेको जनाइएको छ । वडा नम्बर १ मा बिष्णु ढकाल, ४ मा एकदेव खनाल, ७ मा गोविन्द खतिवडा र ८ मा कुमार उप्रेतीलाई सर्वसम्मत रुपमा सिफारिस गरेको मेयरका प्रस्तावित तामाङले बताउनुभयो ।