संखुवासभा । नेकपा एमाले संखुवासभाले दुई स्थानीय तहमा उम्मेदवारीको टुंगो लगाएको छ । १० तह भएको संखुवासभाको मादी र पाँचखपन नगरपालिकामा सर्वसम्मत उम्मेदवारीको टुंगो लगाएको नेकपा एमाले संखुवासभाका अध्यक्ष जीतबहादुर घिमिरेले जानकारी दिए ।
अध्यक्ष घिमिरेका अनुसार मादी नगरपालिकाको मेयरमा जीवन लिङ्थेप र उपमेयरमा सुनिता दाहाललाई सर्वसम्मत सिफारिस गरेको छ । प्रमुख र उपप्रमुख दुबै नयाँ अनुहार हुन् ।
यस्तै पाँचखपन नगरपालिकाको मेयरमा हिन्दु राईलाई सर्वसम्मत गरेको छ । राई २०७४ सालको स्थानीय तहको निर्वाचनमा कांग्रेसका विपीन राईसँग पराजित भएका थिए । पाँचखपनको उपमेयर भने टुंगो लाग्न बाँकी छ ।
जिल्लाका १० स्थानीय तहमध्ये यसअघि एमालेले खाँदबारी, चैनपुर र मादी नगरपालिका, सभापोखरी गाउँपालिका, मकालु गाउँपालिकामा प्रमुख र उपप्रमुख जितेको थियो ।







प्रतिक्रिया