अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

हवाई हमलामा २ सय युक्रेनी सेना मारिएको रुसी दाबी

हवाई हमलामा २ सय युक्रेनी सेना मारिएको रुसी दाबी


मस्को- रुसकाे सशस्त्र सेनाले शनिबार उच्च मिसाइलसहित १७ युक्रेनी सैन्य क्षेत्रमा गरेको प्रहारमा रकेट तथा तोपखाना भण्डार गर्न प्रयोग हुने एउटा गोदामलाई नष्ट गरेको दाबी गरेको छ ।

हवाई हमलामा २ सयभन्दा बढी युक्रेनी फौज मारिएको र २३ ओटा बख्तरबन्द बहानहरु ध्वस्त पारेको एउटा अनलाईन पोस्टमा रुसी रक्षा मन्त्रालयले जनाएको छ । रुसी दाबीको स्वतन्त्र पुष्टि हुन बाँकी छ । हमलाबारे युक्रेनी पक्षले कुनै टिप्प्णी गरेको छैन् ।

अनलाईन पोस्टमा ओडेसा विमानस्थलमा भएको हमलाको कुनै उल्लेख गरेको छैन । विमानस्थललाई लक्षित गरी रुसले मिसाइल प्रहार गरेको स्थानीय स्थानीय गभर्नरले बताएका छन् । हमलापछि धावनमार्ग अबरुद्ध भएको छ ।

२४ फेब्रुवरीदेखि गरेको रुसी हमलामा लाखौँ युक्रेनी विस्थापित भएका छन् ।

यसैबीच, रुसी विदेशमन्त्री सर्गेई लाभ्रोभले युक्रेनबाट १० लाख मानिसहरूलाई उद्धार गरिएको दाबी गरेका छन् । हमलापछि बिचल्लीमा परेका आफ्ना नागरिकहरूलाई उनीहरूको इच्छाविपरीत सीमापारि लगेको आरोप युक्रेनले बारम्बार लगाउने गरेको छ । रुसले उद्धार गरेको भनिकामध्ये १ लाख मानिस दोनेत्स्क र लुहान्स्क गणतन्त्रका बासिन्दा छन् ।