अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

हावाहुरीले स्कूलको छानो उडायो

हावाहुरीले स्कूलको छानो उडायो


बैतडी – बुधबाराति आएको हावाहुरीले बैतडीको पुर्चौडी नगरपालिका-७ ऐरीगाउँ दलित टोलमा रहेको लटिनाथ आधारभुत बिद्यालयको छानो उडाएको छ ।

वर्षासँगै आएको हावाहुरीले उक्त विद्यालयको दुई कोठाको जस्तापाता उडाएको हो । अहिले विद्यालय बन्द भए पनि स्कूल खुल्ने बेला वर्षात हुने भएकाले बालबालिकाको पठनपाठनमा समस्या हुने स्थानिय पुरनसिंह ऐरले बताउनु भयो ।

उक्त विद्यालयमा हाल कक्षा-३ सम्मको पढाइ हुन्छ भने करीब ६० जना विद्यार्थी छन् । छानो उडाउँदा जस्तापाताहरू छरिएका छन् । छरिएको सामग्री व्यवस्थापन नभए चोरी हुने सम्भावना पनि छ ।