अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

निर्वाचन आचारसंहिताको उल्लंघन गर्दै स्थायी शिक्षक र कर्मचारी चुनावी प्रचारमा

निर्वाचन आचारसंहिताको उल्लंघन गर्दै स्थायी शिक्षक र कर्मचारी चुनावी प्रचारमा


बैतडी – यही ३० वैशाखमा स्थानीयतहको निर्वाचन हुँदैछ । निर्वाचनका लागि आचारसंहिता जारी गरिए पनि कतिपय ठाउँमा आचारसंहिता उल्लंघन भइरहेको पाइएको छ ।

निर्वाचन आचारसंहितामा प्रचार सामग्रीका लागि प्रयोग गर्न नहुने कुराहरूको प्रयोग गरेको पाइएको छ भने, स्थायी शिक्षक र केही कर्मचारीहरू चुनावी प्रचारमा दैनिक रुपमा खटिएको पाइएको छ ।

राजनीतिक दलहरू ठूलो आवाजमा अडियो सामग्रीहरू डिजेमा घन्काउँदै आफ्ना उम्मेदवारको प्रचार गरिरहेको जताततै देखिन्छ । सर्वसाधारणका लागि यात्रा गर्न गाडी पाउनै मुस्किल छ । प्रचारप्रसारका गाडीहरूका छतमा भरेर मान्छेहरू बोक्ने गरिएको छ ।

केही दलले चुनाव चिह्न अंकित लोगोहरू वितरण गरी प्रयोग गरिरहेका छन् । यसैगरी बालबालिकालाई समेत चुनावको प्रचारमा खटाएको देखिन्छ ।

दशरथचन्द नगरपालिका वडा नम्बर १ स्थित मणिलेक माध्यमिक विद्यालयका शिक्षक हरिकृष्ण भट्ट नेपाली कांग्रेसको चुनावी प्रचारमा खटिएको भन्दै विपक्षी दलले आलोचना गरेका छन् ।

यसअघि दोगडाकेदार गाउँपालिका वडा नम्बर ३ मा वडाध्यक्षका उम्मेदवार दिनेश भट्टले भारतीय नम्बरको गाडी प्रचारमा प्रयोग गरेको भन्दै आलोचना भएको थियो ।

यस निर्वाचनमा विगतका निर्वाचनको जस्तो ठूला ब्यानर, टोपी तथा अन्य प्रयोग भने घटेको पाइएको छ।