अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

वैशाख ३० मा कोरोना खोप कार्यक्रम सञ्चालन नहुने

वैशाख ३० मा कोरोना खोप कार्यक्रम सञ्चालन नहुने


काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ३० वैशाखमा कोभिड–१९ विरुद्धको खोप अभियान सञ्चालन नहुने बताएको छ ।

३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा स्वास्थ्यकर्मीहरु समेत परिचालन हुने र स्थानीय स्वास्थ्यकर्मीहरुले पनि आफ्नो मताधिकार प्रयोग गर्नुपर्ने भएकोले सो दिन खोप कार्यक्रम बन्द हुने मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै चुनावको अघि र पछिका दिनहरुमा खोप केन्द्रमा नियमित खोप अभियान सञ्चालन हुने जनाएको छ ।

छिमेकी मुलुक भारतमा कोराना संक्रमण बढ्दै गइरहेको भन्दै मन्त्रालयले सतर्कता अपनाउन पनि आग्रह गरेको छ ।