अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

थुलुङ दूधकोशीको अध्यक्ष र उपाध्यक्ष दुवैमा माओवादी केन्द्र विजयी

थुलुङ दूधकोशीको अध्यक्ष र उपाध्यक्ष दुवैमा माओवादी केन्द्र विजयी


सोलुखुम्बु- जिल्लाको थुलुङ दूधकोशी गाँउपालिकाको अध्यक्ष र उपाध्याक्ष दुवैमा नेकपा (माओवादी केन्द्र) विजयी भएको छ । अध्यक्षमा माओवादीका असिम राई र उपाध्यक्षमा सविता राई निर्वाचित हुनुभयो ।

आइतबार साँझ सम्पन्न मत गणना अनुसार ४,०४९ मतका साथ थुलुङ दूधकोशीको अध्यक्षमा पुनः असिम राई निर्वाचित हुनुभयो । निकटतम् प्रतिद्वन्दी नेपाली कांग्रेसका वीर बहादुर गुरुङलाई ५३८ मतान्तरले पछि पार्दै राई पुनः अध्यक्षमा निर्वाचित हुनुभएको हो ।

कांग्रेसका गुरुङले ३,५११ मत प्राप्त गर्नुभयो । त्यस्तै नेकपा (एमाले)का आङ बाबु राईले १,६०१ मत प्राप्त गर्नुभयो ।

त्यस्तै उपाध्यक्षमा माओवादी केन्द्रकी सविता राईले ३,८०० मतका प्राप्त गर्दै निर्वाचित हुनुभयो । यस अगाडि उहाँ नेपाली कांग्रेसबाट उपाध्यक्षमा निर्वाचित हुनुभएको थियो ।

त्यस्तै उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी एकाकुमारी कार्कीले ३५२३ मत र एमालेले १७४६ मत ल्याएको छ ।

Skip This