अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कालीकोटको खाँडाचक्रको मेयरमा स्वतन्त्रबाट शाही विजयी

कालीकोटको खाँडाचक्रको मेयरमा स्वतन्त्रबाट शाही विजयी


सुर्खेत – कालीकोटको खाँडाचक्र नगरपालिको मेयरमा स्वतन्त्र उम्मेदवार कमलबहादुर शाही निर्वाचित हुनु भएको छ ।

शाहीले २९१९ मत पाएर मेयरमा विजयी हुनु भएको छ । स्वतन्त्र चिह्न लिएर मेयर निर्वाचित भएका कमलबहादुर नेकपा एकीकृत समाजवादीका कालीकोट जिल्ला उपाध्यक्ष हुन् । शाहीलाई माओवादी केन्द्रले सहयोग गरेको थियो ।

खाँडाचक्रको उपमेयरमा भने माओवादी केन्द्रका गणेशबहादुर शाही निर्वाचित हुनु भएको छ । उहाँले २९२६ मत पाएका छन् । निकटतम प्रतिस्पर्धी एमालेलेकी मिनाकुमारी शाहीले २३९९ र कांग्रेसका नेत्रबहादुर शाहीले १५८६ मत पाए ।