अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

शेखर कोइरालाको वडामा काँग्रेसको जित

शेखर कोइरालाको वडामा काँग्रेसको जित


विराटनगर – नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाको विराटनगर-७मा काँग्रेसका उम्मेदवार मधुबाबु तिवारी विजयी भएका छन् ।

निवर्तमान वडाध्यक्ष समेत रहेका तिवारी एक हजार ३१२ मत ल्याएर विजयी हुनु भएको हो । उहाँका निकटतम प्रतिस्पर्धी एमालेका दामोदर तिवारीले ४६६ मत ल्याउनु भएको हो ।

यस्तै एकीकृत समाजवादीका चन्द्रशेखर धाडेवालले ३९१ मत ल्याउनु भएको छ । मधुबाबु यसअघि पनि वडाध्यक्ष हुनुहुन्थ्यो । यो क्षेत्र विराटनगरको कोइराला निवास रहेको बजार क्षेत्र पर्दछ ।