अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मनाङमा निर्वाचित अध्यक्षले लिए शपथ

मनाङमा निर्वाचित अध्यक्षले लिए शपथ


मनाङ – सबैभन्दा कम जनसङ्ख्या भएको हिमाली जिल्ला मनाङमा स्थानीय तह निर्वाचनमा निर्वाचित अध्यक्षले शपथ लिएका छन् । चार गाउँपालिका रहेको मनाङमा उक्त निर्वाचनमा मिश्रित नतिजा आएको थियो ।

दुई पालिकामा नेकपा ९एमाले० तथा दुई पालिकामा नेपाली कांगे्रसले जित हासिल गरेका हुन् । एमालेबाट निर्वाचित चामे गाउँपालिका अध्यक्ष लोकेन्द्रबहादुर घले र मनाङ ङिस्याङ गाउँपालिका अध्यक्ष कान्छा घलेले शपथ लिनुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

त्यस्तै कांग्रेसबाट निर्वाचित नार्पाभूमि गाउँपालिका अध्यक्ष कोन्जो तेन्जिङ लामा र नासों गाउँपालिका अध्यक्ष धनबहादुर गुरुङले शपथ लिनुभएको छ । एमाले तथा कांग्रेसबाट निर्वाचित अध्यक्षहरुले फरक–फरक दिनमा शपथ लिएको जनाइएको छ ।

त्यसैगरी पालिका अध्यक्षहरुले शपथ लिएसँगै वडाध्यक्ष, महिला सदस्य, दलित महिला सदस्य र खुला सदस्यले पनि बुधबार शपथ लिएका छन् । शपथ लिएसँगै पालिका तथा वडामा कार्यको थालनी गरिएको नासों गाउँपालिकाका अध्यक्ष धनबहादुर गुरुङले बताउनुभयो ।