अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पोखराको प्रमुख पदमा गठबन्धन र उपप्रमुखमा एमालेको अग्रता

पोखराको प्रमुख पदमा गठबन्धन र उपप्रमुखमा एमालेको अग्रता


पोखरा – स्थानीय तह सदस्य निर्वाचन– २०७९ अन्तर्गत जारी मतगणनामा पोखरा महानगरपालिकामा सत्ता गठबन्धनका उम्मेदवारले अग्रता बढाएका छन् ।

पोखरा महानगरको जारी मतगणनामा ५२ हजार ८१७ मत गणना हुँदा गठबन्धनबाट प्रमुख पदका उम्मेदवार नेकपा (एकीकृत समाजवादी) का धनराज आचार्यले २१ हजार ८८० मत प्राप्त गर्नुभएको छ । नेकपा ९एमाले०का प्रमुख पदका उम्मेदवार कृष्णबहादुर थापाले १९ हजार ३८८ मत प्राप्त गर्नुभएको छ ।

त्यसैगरी उपप्रमुखमा गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदबार कोपिला रानाभाटकोे २२ हजार १२२ मत छ भने एमालेका मञ्जुदेवी गुरुङले २२ हजार १३१ मत प्राप्त गर्नुभएको छ ।