सिरहा – कर्जन्हा नगरपालिकाको मेयरमा एमालेका उम्मेदवारले विजयी हासिल गरेका छन् । नगरपालिकाको मेयरमा एमाले र उपप्रमुखमा जनता समाजवादी पार्टीका उम्मेदवार निर्वाचित भएका हुन् ।
मेयरमा भोलाप्रसाद पोखरेल र उपमेयरमा जनता समाजवादी पार्टी (जसपा), नेपालकी लक्ष्मीकुमारी श्रेष्ठ निर्वाचित हुनु भएको हो । पोखरेललले तीन हजार ८३९ र उपप्रमुखमा विजयी श्रेष्ठले तीन हजार ४८७ मत ल्याउनु भएको छ ।
उहाँका निकटतम प्रतिस्पर्धीहरू जसपाका केशवप्रसाद साहले तीन हजर २२३ र नेकपा माओवादीका उम्मेदवार तथा नविर्तमान मेयर गंगा पासवानले दुई हजार ४८२ मत प्राप्त गरेका छन् ।
उपमेयर श्रेष्ठकी निकटतम प्रतिस्पर्धी नेकपा एमालेकी निर्मलाकुमारी देवी पासवानले तीन हजार ९५ मत र नेकपा माओवादी केन्द्रका उम्मेदवार तथा नविर्तमान उपमेयर ज्ञानु कुमारी श्रेष्ठले दुई हजार ४५६ मत प्राप्त गर्नु भएको छ ।
नगरपालिकाको ११ वडामध्ये पाँच वडामा नेकापा एमाले, तीनमा जसपा, एक-एकमा माओवादी केन्द्र, नेकपा, एकीकृत समाजवादी र स्वतन्त्र वडा अध्यक्ष निर्वाचित भएका छन् ।
२०७४ सालको स्थानीय तह निर्वाचनमा प्रमुख, उपप्रमुखसहित बहुमत वडामा माओवादी केन्द्रले विजयी हासिल गरेको थियो । यसपटक माओवादी तेस्रो स्थानमा पुगेको छ ।







प्रतिक्रिया