काठमाडौँ – प्रधानसेनापति प्रभुराम शर्माले गोरखा जिल्लास्थित बेनीघाट–आरुघाट–लार्केभञ्ज्याङ्ग सडक आयोजना अन्तर्गत माछा खोलामा नवनिर्मित बेलीबृजको उद्घाटन गरेका छन् ।
उद्घाटन कार्यक्रममा रक्षा सचिव किरण राज शर्मा, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रविन्द्रनाथ श्रेष्ठ, सडक विभागका निमित्त महानिर्देशक शिव प्रसाद नेपाल, उपमहानिर्देशक उमेश विन्दु श्रेष्ठ, स्थानीय जनप्रतिनिधिहरु र नेपाली सेनाका रथी तथा अधिकृतहरुको उपस्थिती रहेको थियो ।
उद्घाटन कार्यक्रम पश्चात प्रधानसेनापति शर्माले बेनीघाट–आरुघाट–लार्केभञ्ज्याङ्ग सडक आयोजनाको निर्माणाधिन सडक खण्डको हेलिकप्टरमार्फत निरीक्षण गर्नु भयो । उहाँले आयोजनाको प्रगति विवरण लगायत विविध पक्षका बारेमा जानकारी समेत लिएको नेपाली सेनाले जनाएको छ ।




प्रतिक्रिया