काठमाडौँ – एमाले सांसद योगेश भट्टराईले सत्ता गठबन्धनले एमालेका विरुद्ध राज्यसत्ताको दुरुपयोग गरेको आरोप लगाउनु भएको छ ।
आज प्रतिनिधि सभा बैठकका लागि संसद् भवन पुग्नु भएका भट्टराईले सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै गठबन्धनलाई परास्त गर्दै एमालेले ल्याएको मत परिणाम निराशाजनक नभएको बताउनु भयो ।
उहाँले पार्टी हारको कारण उम्मेदवार छनोटमा कमजोरी हुनु रहेको बताउनु भयो । कतिपय ठाउँहरुमा पार्टीलाई जिताउन नलागी विरोधीहरुलाई जिताउन साँठगाँठ गरिएको पनि उहाँले बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘एमालेको विरुद्धमा जुन गठबन्धन बनाइयो । एमालेका विरुद्ध राज्यसत्तालाई जसरी एमालेका विरुद्ध दुरुपयोग गरियो पुलिस प्रशासन, कर्मचारीतन्त्रदेखि लिएर अन्य विभिन्न निकायहरुलाई । यो परिस्थितिमा नेकपा एमालेले जुन परिणाम ल्याएको छ यो कुनै निराशाजनक परिणाम होइन ।’







प्रतिक्रिया