अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बराबरी मत आएपछि गोलाप्रथा गर्दा अन्ततः समसेरले वडाध्यक्षमा मारे बाजी

बराबरी मत आएपछि गोलाप्रथा गर्दा अन्ततः समसेरले वडाध्यक्षमा मारे बाजी


बर्दिबास – महोत्तरीको बर्दिबास नगरपालिका-८ को अध्यक्षका दुवै जना उम्मेदवारले बराबरी मत ल्याए पछि गोला प्रथाबाट विजयी घोषणा गरिएको छ ।

गोलाप्रथा गर्दा नेकपा माओवादी केन्द्रका समसेर सिंह विजयी हुनु भएको छ । मतगणना बाँकी छँदै उहाँ विजेता घोषणा भएका थिए । उहाँले विजय उत्सव समेत मनाइसकेका थिए ।

तर निर्वाचन कार्यालयले एउटा मतपेटिकाको मत गन्न छुटेको भन्दै उक्त मतपेटिकाको मत गणना कार्य अघि बढायो । मतगणनाको क्रममा नेकपा एमालेका रुद्रबहादुर किङगरिया मगर र समसेर सिंह दुवै जनाले बराबरी मत (७६७) पाए ।

बराबरी मत आएपछि गोलाप्रथा गर्दा अन्ततः समसेर सिंह नै भाग्यमानी ठहरिए र उहाँको खुशीमा पूर्ण विराम लागेन ।

यस अघि एउटा मतपेटिकाको मत गन्न बाँकी छँदै वडाध्यक्षमा विजय घोषणा हुँदा समसेरले ७५१ मत र मगरले ७४४ मत पाएका थिए ।