अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले अध्यक्ष ओलीको वडामा पुगेपछि दमक एमालेलाई अग्रता

एमाले अध्यक्ष ओलीको वडामा पुगेपछि दमक एमालेलाई अग्रता


दमक – दमक नगरपालिकामा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको घर रहेको वडा-५ को मतगणना सुरु भएको छ।

नेकपा एमालेलाई पछि पार्दै अग्रता लिइरहेका गठबन्धनका राम थापा र रेगिना भट्टराईको मत यो वडामा आइपुगेपछि ह्वात्तै घट्न थालेको छ।

वडा-५ को प्रारम्भिक मत गणनाअनुसार एमालेकी मेयर उम्मेदवार गीता अधिकारीले ३६९ मत पाउँदा राप्रपाका राम थापाले २३१ मत पाउनु भएको छ । त्यसैगरी उपमेयरमा एमाले उम्मेदवार अम्बिका प्रसाद खनालले ३२३ मत पाउँदा कांग्रेसकी रेगिना उप्रेतीले २६५ मत पाउनु भएको छ ।

वडा अध्यक्ष र सदस्यको गणनामा पनि एमालेले नै अग्रता लिएको छ। एमालेका वडाध्यक्षले ४०१ मत पाउँदा गठबन्धनका उम्मेदवारले २०८ मत पाएका छन्।