अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बर्दियाका आठ पालिकामध्ये कांग्रेस पाँच, माओवादी दुई र एमाले एक स्थानमा विजयी

बर्दियाका आठ पालिकामध्ये कांग्रेस पाँच, माओवादी दुई र एमाले एक स्थानमा विजयी


बर्दिया – बर्दियामा मतगणना सम्पन्न भएको छ । ६ नगरपालिका, दुई गाउँपालिका गरी आठ वटा पालिका रहेको ७५ वडामा स्थानीय तहको अन्तिम मतगणना सम्पन्न भएको जिल्ला निर्वाचन कार्यालय बर्दियाले जनाएको छ ।

आठ पालिकाअन्तर्गत पाँचवटा पालिकामा नेपाली कांग्रेस, दुई स्थानमा नेकपा माओवादी केन्द्र र एक पालिकामा नेकपा एमाले विजयी भएको जिल्ला निर्वाचन कार्यालय बर्दियाका प्रमुख कृष्णबहादुर कुवरले बताउनुभयो ।

बर्दियाको बारबर्दिया नगरपालिकामा कांग्रेसका छविलाल थारुले १३ हजार ६ मत प्राप्त गरी विजयी हुनुभएको छ भने निकटतम प्रतिस्पर्धी एमालेका पदमप्रसाद ढकालले १० हजार ३५१ मत प्राप्त गर्नुभएको छ । उपप्रमुखमा कांग्रेसकी रत्नकुमारी पाण्डेले १२ हजार ४९१ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँको निकटतम प्रतिस्पर्धी एमालेकी नारायणी चौधरीले १० हजार ८५५ मत प्राप्त गर्नुभएको छ ।

मधुवन नगरपालिकामा कांग्रेसका प्रमुख पदका उम्मेदवार तेजबहादुर भाट विजयी हुनुभएको छ । आठ हजार ७७५ मत प्राप्त गरी भाट विजयी हुनुभएको हो । माओवादी केन्द्रका लक्ष्मीप्रसाद शर्माले सात हजार ९३१ मत मत प्राप्त गर्नुभएको छ । उपप्रमुखमा कांग्रेसकी अनिता चौधरीले आठ हजार ३३५ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँको निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रकी सुभद्रा थारुले सात हजार ८९९ मत प्राप्त गर्नुभएको छ ।

बाँसगढी नगरपालिका प्रमुख र उपप्रमुख पदमा एमाले विजयी भएको छ । एमालेका खडकबहादुर खड्का र उपप्रमुखमा इन्दिरा चौधरी विजयी हुनुभएको छ ।  खड्काले १० हजार ९४७ मत प्राप्त गर्नुभएको छ भने माओवादीका भवनकुमार थारुले नौ हजार ७६३ प्राप्त गर्नुभएको छ । उपप्रमुख पदमा एमालेकी इन्दिरा चौधरीले ११ हजार ३५ मत प्राप्त गर्नुभएको छ । माओवादीकी भूमि बिटालुले आठ हजार २३८ मत प्राप्त गर्नुभएको छ ।

बढैयाताल गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्र र उपाध्यक्षमा एमाले विजयी भएका छन् । माओवादी केन्द्रका हिमालय त्रिपाठी नौ हजार ३६७ मतसहित अध्यक्ष पदमा विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका  लालबहादुर श्रेष्ठले आठ हजार ३०८ मत प्राप्त गर्नुभएको छ। उपाध्यक्षमा एमालेकी लक्ष्मीकुमारी अधिकारीले आठ हजार ८८५ मतसहित विजय हुनुभएको छ भने निकटतम प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार पवित्रा अर्याल आठ हजार ३१५ मत प्राप्त गर्नुभएको छ ।

ठाकुरबाबा नगरपालिकाको मेयरमा कांग्रेसका उम्मेदवार र उपमेयरमा नेकपा एमालेका उम्मेदवार विजयी हुनुभएको छ । कांग्रेसका तिलकराम लम्सालले नौ हजार ४२ मत प्राप्त गर्नुभएको छ । उहाँका प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका नेत्रराज आचार्यले छ हजार ८१८ मत मत प्राप्त गर्नुभएको छ । उपमेयरमा नेकपा एमालेका वीना भट्टराईले आठ हजार १७६ मत ल्याएर विजयी हुनुभयो भने उहाँका निकटतम प्रतिस्पर्धी कांग्रेसका मञ्जुकुमारी चौधरीले सात हजार ६७४ मत मत प्राप्त गर्नुभएको छ ।

गुलरिया नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । कांग्रेसका मुक्तिनाथ यादवले सात हजार ९८९ मत ल्याई विजयी हुनुभएको छ । उहाँका प्रतिस्पर्धी एमालेका अमरबहादुर खड्काले सात हजार ८११ मत प्राप्त गर्नुभएको छ । कांग्रेसकी सावित्रा गौतमले आठ हजार २०७  मत ल्याई नगर उपप्रमुखमा विजय हुनुभएको छ भने नेकपा एमालेकी टीकाकुमारी शम्सेली मगरले सात हजार ४६२ मत प्राप्त गर्नुभएको ।

गेरुवा गाउँपालिकाको अध्यक्ष पदमा कांग्रेसका जमानसिंह केसी विजयी हुनुभएको छ । केसीले सात हजार ६९८ मत प्राप्त गर्नुभएको छ । नेकपा माओवादीका विश्वबहादुर थारुले ६ हजार ६२० मत प्राप्त गर्नुभएको छ । उपाध्यक्ष पदमा कांग्रेसकी लक्ष्मीकुमारी चौधरीले सात हजार १५३ मत प्राप्त गरी विजयी हुनुभएको छ । उपाध्यक्षमा माओवादी केन्द्रकी लीला चौधरीले छ हजार ५८३ मत प्राप्त गर्नुभएको छ ।

राजापुर नगरपालिकाको प्रमुखमा माओवादी केन्द्रका दीपेश थारु र उपप्रमुखमा मनकलाकुमारी चौधरी विजयी हुनुभएको छ । थारुले नौ हजार ८०७ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेकाका दीपकजङ्ग शाहले नौ हजार ७६० मत गर्नुभएको छ । उपप्रमुख पदमा माओवादी केन्द्रकी मनकला चौधरीले १० हजार ८६ मत प्राप्त गरी कांग्रेसकी यशोदा थारुलाई पराजित गर्नुभएको छ । थारुले १० हजार ४५ मत प्राप्त गर्नुभएको छ ।