अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रुपन्देहीको तिलोत्तमामा एमालेका माोहन चापागाईंको अग्रता

रुपन्देहीको तिलोत्तमामा एमालेका माोहन चापागाईंको अग्रता


बुटवल – रुपन्देहीको तिलोत्तमामा जारी मतगणनामा नेकपा एमालेका उम्मेदवार मोहन चापागाईले अग्रता लिनुभएको छ ।

शुक्रबार बिहानसम्म १५ हजार २६१ मत गणना गर्दा चापागाईंले ५ हजार ९९३ मत प्राप्त गर्नुभएको छ । गठबन्धन दलका तर्फबाट मेयर उम्मेदवार नेपाली कांग्रेसका रामकृष्ण खाँणले ५ हजार ८५६ मत प्राप्त गर्नुभएको छ । खाँण चापागाईंभन्दा १३७ मतले पछि हुनुहुन्छ ।
यसैगरी उपप्रमुख पदमा नेकपा एमालेकी जागेश्वरीदेवि चौधरीको फराकिलो मतान्तर कायम छ । चौधरी २ हजार ९९५ मतले अघि हुनुुहुन्छ ।