अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

इलामको फाकफोकथुममा गठबन्धनलाई हराँउदै एमाले विजयी

इलामको फाकफोकथुममा गठबन्धनलाई हराँउदै एमाले विजयी


इलाम -इलामको फाकफोकथुम गाउँपालिका अध्यक्षमा नेकपा एमालेका दिपेन्द्र खनाल निर्वाचित हुनुभएको छ । उहाँले ५ हजार ३ सय २२ मत प्राप्त गर्नुभएको छ । निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डिकबहादुर थापाले ४ हजार ८ सय २१ मत पाउनुभयो । उपाध्यक्षमा एमालेकै कल्पना राई ५ हजार १ सय ५८ मत ल्याई विजयी हुनुभयो।
प्रतिद्वन्द्वी गठबन्धनको तर्फबाट उम्मेदवार भएका नेकपा माओवादी केन्द्रका कुलबहादुर राईले ४ हजार १ सय ७२ मत प्राप्त गर्नुभयो । इलामका १० वटा पालिकामध्ये ९ वटाको नतिजा सार्वजनिक भइसकेको छ । जसमध्ये नेपाली कांग्रेसले इलाम नगरपालिकासहित सन्दकपुर, रोङ र चुलाचुली गाउँपालिका अध्यक्षमा विजय हासिल गरेको छ ।

एमालेले माई र देउमाई नगरपालिकासहित फाकफोकथुम, माइजोगमाई र माङसेवुङ गाउँपालिका जितेको छ । माइजोगमाई र इलाम नगरपालिकामा उपप्रमुख कांग्रेसले जितेको छ । सूर्योदय नगरपालिकाको मतगणना जारी छ