अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

काठमाडौंको उपमेयरमा सुनिता डंगोललाई फराकिलो मतको अग्रता

काठमाडौंको उपमेयरमा सुनिता डंगोललाई फराकिलो मतको अग्रता


काठमाडौं – काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले १३ हजार ४७२ मतको अग्रता लिनुभएको छ। पछिल्लो मतपरिणाम अनुसार साहले २८ हजार २० मत प्राप्त गर्नुभएको छ ।

नेकपा एमालेका केशव स्थापितले १४ हजार ५४८ मत ल्याउँदा कांग्रेसकी सिर्जना सिंहले १३ हजार ९९० मत ल्याउनुभएको छ । त्यस्तै, राप्रपाका मदनदास श्रेष्ठले २ हजार ५०४ मत ल्याउनुभयो ।

त्यस्तै, उपमेयरमा एमालेकी सुनिता डंगोल फराकिलो मतान्तरले अगाडी हुनुहुन्छ । डंगोलले २४ हजार ५९२ मत प्राप्त गनुभएको छ। उहाँलाई एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले ७ हजार ८६८ मत ल्याउनुभएको छ। डंगोल श्रेष्ठभन्दा १६ हजार ७२४ मतको मतान्तरले अगाडी हुनुहुन्छ। यसैगरी, राप्रपाका बिनिता मगैयाले ५ हजार ४६४ मत प्राप्त गर्नुभएको छ ।