अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बाराको सिम्रौनगढको मेयर र उपमेयरमा लोसपा विजयी

बाराको सिम्रौनगढको मेयर र उपमेयरमा लोसपा विजयी


बारा – बाराको सिम्रौनगढ नगरपालिकाको मेयर र उपमेयर लोकतान्त्रिक समाजवादी पार्टी लोसपाले जितेको छ । मेयरमा किशोरीप्रसाद कलवार र उपमेयरमा नजमु शेहर विजयी हुनु भएको हो ।

मेयरमा निर्वाचित कलवारले ११ हजार १३७ मत ल्याउँदा नेपाली कांग्रेसका विजयशंकर यादवले ९ हजार ३११ मत ल्याउनु भएको छ ।

उपमेयरमा लोसपाकी शेहरले ९ हजार ५७३ मत ल्याउँदा कांग्रेसकी रिताकुमारी देवीले ८ हजार ५० मत पाउनु भएको छ ।