अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

हावाहुरीले रुख ढलेर कैलालीमा बस र भरतपुरमा अटोलाई किच्दा  ७ जना घाइते

हावाहुरीले रुख ढलेर कैलालीमा बस र भरतपुरमा अटोलाई किच्दा  ७ जना घाइते


काठमाडौं – हावाहुरीले रुख ढल्दा विभिन्न स्थानमा कैलालीमा बस र चितवनको भरतपुरमा अटो किचिएको छ । जुन घटनामा दुई जना घाइते भएका छन् ।

हावाहुरीले रुख ढलेर कैलालीमा बस र भरतपुरमा अटोलाई किच्दा  ७ जना घाइते

हावाहुरीले रुख ढल्दा विभिन्न स्थानमा कैलालीमा बस र चितवनको भरतपुरमा अटो किचिएको छ । जुन घटनामा दुई जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी नरहरि अधिकारीले भरतपुर-११ स्थित भोजाडमा रुख ढलेर अटोलाई किच्दा २ जना घाइते भएको जानकारी दिनु भयो । घाइतेहरुलाई भरतपुर अस्पतालमा उपचार भइरहेको उहाँले बताउनु भयो ।

यसैगरी कैलालीको लम्किचुहा–८ स्थित गप्कामा हावाहुरीपछि रुख ढल्दा बस किचिएको छ । गुडिरहेको  से १ ख १८०६ नम्बर सुदूरपश्चिम यातायातको बस रुख बज्रिन पुगेको थियो । सो घटनामा ५ जना यात्रु घाइते भएका छन् भने उनीहरुको लालरत्न अस्पतालमा उपचार भइरहेको कैलाली प्रहरीले बताएको छ । यसैबीच चितवनको नारायण पुल नजिक पनि हावाहुरीले ट्रक पल्टिदा २ जना घाइते भएका थिए।

शुक्रबार साँझ देशका विभिन्न स्थानमा एकाएक तीव्र हावाहुरीसहित वर्षा भएको थियो ।