अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रदेश साँसद त्यागेर मेची नगरमा मेयर भिडेका बुढाथोकीकोे ३ हजार मतको अग्रता

प्रदेश साँसद त्यागेर मेची नगरमा मेयर भिडेका बुढाथोकीकोे ३ हजार मतको अग्रता


झापा -पूर्वी सिमाना झापाकोे मेचीनगरको एमालेका मेयरका उम्मेद्वार गोपाल बुढाथोकीले गठबन्धनका उम्मेद्वार इन्द्र बुढाथोकीलाई ३हजार मतले पछि पार्नुभएको छ।

यसैगरी, उपमेयरमा नेकपा एमालेकी उम्मेद्वार मीना पोखरेलले गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका उम्मेद्वार प्रकाश भण्डारीले भन्दा ४ हजार ६सय ८२ मत बढी पाएकी छन् ।

वडा नं ४ को गणना भए लगत्तै एमालेले प्रतिष्पर्धी उम्मेद्वारसँगको मतान्तर ह्वात्तै बढाउन सफल भएको हो ।

वडा नं। ४ को २हजार ६सय ७५ मत गणना हुँदा नेकपा एमालेका मेयर उम्मेद्वार बुढाथोकीले १हजार ३सय ६२ र नेपाली कांग्रेसका उम्मेद्वार इन्द्र बुढाथोकीले ५सय ७४ मात्र मत पाउनुभएको छ ।

सो वडामा उपमेयरमा एमाले उम्मेद्वार पोखरेलले १हजार २सय ९४ र गठबन्धनका उम्मेद्वार प्रकाश भण्डारीले ४सय ५५ मत पाउनु भएको छ ।

हाल गणना भइरहेको वडा नं। ५ र १२ समेत नेकपा एमालेका मेयर र उपमेयर उम्मेद्वारले २०० भन्दा बढी मतले अग्रता लिइरहेका छन् ।