अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मध्यविन्दुका मेयर भीमलालको पहिलो निर्णय- अंग्रेजी माध्यम पढ्ने विद्यार्थीलाई नि:शुल्क पुस्तक

मध्यविन्दुका मेयर भीमलालको पहिलो निर्णय- अंग्रेजी माध्यम पढ्ने विद्यार्थीलाई नि:शुल्क पुस्तक

अरुणखोलामा बर्थिङ सेन्टर निर्माण गरिने


नवलपरासी – लामो समय निजी विद्यालय सञ्चालन गरेर राजनीतिमा प्रवेश गर्नुभएका मध्यविन्दु नगरपालिकाका मेयर भीमलाल अधिकारीले अंग्रेजी माध्यम पढ्ने विद्यार्थीलाई नि:शुल्क पाठ्यपुस्तक उपलब्ध गराउने निर्णय गर्नु भएको छ । सामुदायिक विद्यालयलमा कक्षा-५ सम्म अंग्रेजी माध्यमबाट पढ्ने नगरपालिकाभिरका विद्यार्थीलाई पुस्तक नि:शुल्क पुस्तक उपलब्ध गराउने पहिलो निर्णय गरेको मेयर अधिकारीले बताउनुभयो ।
नगर प्रमुखले आफ्नो दोस्रो निर्णयमा नगरपालिका मार्फत मध्यविन्दु-१० अरुणखोलामा बर्थिङ सेन्टर सञ्चालन गर्ने निर्णय गर्नु भएको छ ।

सामुदायिक विद्यालयमा अंग्रेजी माध्याममा अध्ययन गर्ने विद्यार्थीहरुले पाठ्यपुस्तक खरिद गर्नुपर्ने बाध्यता हटाउन पहिलो चरणमा आगामी आर्थीक वर्षबाट बजेट व्यवस्थापन हुने गरी कक्षा ५ सम्म अध्ययन गर्ने विद्यार्थीलाई निशुल्क पाठ्य पुस्तक उपलब्ध गराउने निर्णय गरेको अधिकारीले बताउनुभयो । सरकारले सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुलाई जनक शिक्षा समाग्री केन्द्रबाट प्रकाशन हुने पाठ्यपुस्तकहरु नि:शुल्क उपलब्ध गराउछ । तर, अंग्रेजी माध्याममा अध्ययन गर्ने विद्यार्थीहरुको पुस्तक केन्द्रबाट प्रकाशन हुँदैन जसको कारण अन्य प्रकाशनबाट प्रकाशित पाठ्य पुस्तकहरु विद्यार्थीले शुल्क तिरेर खरिद गर्दै आएका छन् ।

यस्तै विगतमा अरुणखोला क्षेत्रमा अन्य संस्था मार्फत बर्थिङ सेन्टर सञ्चालनमा रहेपनि हाल बन्द भएको कारण अरुणखोला आसपासको स्थानीयहरुले स्थानीय स्तरमा प्रसुति सेवाबाट वञ्चित छन् । अब नगरपालिकाले आफ्नै खर्चमा मध्यविन्दु–१० सहित ११, १२, १४ का स्थानीयलाई सेवा प्रवाह गर्नेगरी बर्थिङ सेन्टर सञ्चालन गर्ने निर्णय गरेको अधिकारीले बताउनुभयो ।

मध्यविन्दु नगरपालिकाको नगरप्रमुखमा अधिकारीले नवलपुरका मुख्य निर्वाचन अधिकृत अर्जुन अधिकारीबाट पद तथा गोपनियताको शपथ ग्रहण गर्नु भएको थियो । लगतै उहाँले नगर उपप्रमुख पूर्णकला चौधरी सहित निर्वाचित जनप्रतिनिधिहरुलाई शुक्रबार नै शपथ ग्रहण गराउनु भएको थियो । नगर प्रमुख अधिकारीले नगरपालिकामा कार्यरत शाखा प्रमुख कर्मचारीलाई शुक्रबार नै कार्य सम्पादनको सम्बन्धमा आवश्यक निर्देशन समेत दिनु भएको छ ।