अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रतुवामाई नगरपालिका प्रमुखमा कांग्रेसका गनगाई र उपप्रमुखमा एमालेकी विष्ट निर्वाचित

रतुवामाई नगरपालिका प्रमुखमा कांग्रेसका गनगाई र उपप्रमुखमा एमालेकी विष्ट निर्वाचित


मोरङ – मोरङको रतुवामाई नगरपालिकाको प्रमुख पदमा नेपाली कांग्रेसका नागेश्वरप्रसाद सिंह गनगाईले  १३ हजार  १३५ मत प्राप्त गरी विजयी हुनुभएको छ ।

प्रदेश निर्वाचन कार्यालय विराटनगरका अनुसार उहाँका निकटतम प्रतिस्पर्धीमा नेकपा एमालेका  दुर्गाबहादुर विष्टले ११ हजार २५२ मत प्राप्त गर्नुभएको छ ।

यसैगरी उपप्रमुखमा नेकपा एमालेकी  दमयन्तादेवी चुडालले  नौ हजार ३७४ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र)का सुमन कालीकोटेले आठ हजार ४७९ मत प्राप्त गर्नुभएको थियो ।

उक्त नगरपालिकामा नेकपा एमालेले वडा नं २, ३, ४, ६ र ७, नेकांले ५, ८, ९ र १० तथा नेकपा (माओवादी केन्द्र) ले १ मा वडाध्यक्ष पदमा विजय हासिल गरेको छ ।