अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

धनुषाको मिथिला विहारी नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेस र उपप्रमुखमा माओवादी विजयी

धनुषाको मिथिला विहारी नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेस र उपप्रमुखमा माओवादी विजयी


धनुषा – धनुषाको मिथिला विहारी नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेस र उपप्रमुखमा केकपा माओवादी केन्द्र  विजयी भएको छ ।

नेकपा एमालेका अनिलकुमार यादवलाई २१० मतान्तरले हराउँदै प्रमुखमा कांग्रेसका राजेन्द्रप्रसाद यादव विजयी हुनुभयो । राजेन्द्रले ४३०४ मत प्राप्त गरी विजयी हुँदा उहाँका निकटतम प्रतिद्वन्द्वी पूर्व प्रमुखसमेत रहनुभएका अनिलले ४०९४ मत प्राप्त गर्नुभयो  ।

उपप्रमुखमा भने नेकपा माओवादीकी शोभादेवी साह विजयी हुनुभएको छ । साहले ३३३० मत ल्याउँदा उहाँको निकटतम प्रतिद्वन्द्वी नेकपा ९एकीकृत समाजवादी०की अनिता कुमारीले २७९७ मत प्राप्त गर्नुभएको छ ।

सबैला नगरपालिकाको प्रमुख र उपप्रमुखमा माओवादी

सबैला नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा माओवादीका उम्मेदवार विजयी भएका छन् । मतगणनाको अन्तिम नतिजाअनुसार माओवादीका कारीराम यादव प्रमुखमा र रहीमा खातुन उपप्र्रमुखमा निर्वाचित हुनुभएको हो ।

प्रमुखमा निर्वाचित यादवले चार हजार २१२ मत प्राप्त गर्नुभएको छ । उहाँको निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका जगत सुन्दर साहले चारहजार ०७६ मत प्राप्त गर्नुभयो । उपप्रमुखमा माओवादीकी खातुनले चार हजार ६९९ मतसहित विजयी हुनुभएको छ । उहाँको निकटतम प्रतिद्वन्द्वी एमालेकी किरणकुमारी कापरले तीन हजार ६०४ मत प्राप्त गर्नुभयो  ।