अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

धनुषाको गणेशमान चारनाथ नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेस विजयी

धनुषाको गणेशमान चारनाथ नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेस विजयी


धनुषा – धनुषाको गणेशमान चारनाथ नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । मतगणनाको अन्तिम नतिजाअनुसार नेपाली कांग्रेसका जीतनारायण यादव प्रमुखमा र तुलसाकुमारी पाण्डे उपप्रमुखमा निर्वाचित हुनुभएको हो ।

प्रमुखमा निर्वाचित यादवले तीन हजार १०८ मत प्राप्त गर्नुभएको छ । उहाँको निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी नेपालका रामचलितर यादवले दुई हजार ७६० मत प्राप्त गर्नुभयो । उपप्रमुखमा नेपाली कांग्रेसकी पाण्डेले तीन हजार २८३ मतसहित विजयी हुँदा  निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी, नेपालकी  गणिताकुमारी महतोले दुई हजार ४२९ मत प्राप्त गर्नुभयो ।