अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

तिलोत्तमा नगरमा २२ हजार ३१८ मत गणना हुँदा नेकपा एमालेको अग्रता

तिलोत्तमा नगरमा २२ हजार ३१८ मत गणना हुँदा नेकपा एमालेको अग्रता


रुपन्देही – रुपन्देहीको तिलोत्तमा नगरपालिकामा गणना भएको २२ हजार ३१८ मतको परिणाम सार्वजनिक गर्दा नेकपा एमालेका तर्फबाट प्रमुख पदका उम्मेदवार मोहन चापागाईँले अग्रता कायमै राखेका छन् ।

१४ हजार गणना भएयता निरन्तर अग्रता बनाएका चापागाईँले पछिल्लो पटक गणना भएको उक्त मत मध्ये ८ हजार ८७० मत प्राप्त गरेका छन् ।

उहाँका निकटतम प्रतिद्वन्द्वी गठबन्धन दलका तर्फबाट नगरप्रमुख पदका उम्मेदवार नेपाली कांग्रेसका रामकृष्ण खाँणले ८ हजार ६७९ मत प्राप्त गरेका छन् ।

चापागाईँ भन्दा १९१ मतले खाण पछि परेका छन् । उपप्रमुख पदमा भने एमालेको दोब्बर बढीको अर्थात् ४ हजार ४४७ मतको अग्रता छ।

उपप्रमुख पदमा पनि नेकपा एमालेकी जागेश्वरीदेवि चौधरीले ८ हजार ५८५ मत पाउँदा उहाँका निकटतम प्रतिद्वन्द्वी गठबन्धन दलको तर्फबाट उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका हेमन्त पाण्डेको गोलाकार भित्र हँसिया हतौडामा ४ हजार १३८ मत प्राप्त भएको छ।