अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बुटवलको मेयरमा कांग्रेसका खेलराज, उपमेयरमा एमालेकी सावित्रा

बुटवलको मेयरमा कांग्रेसका खेलराज, उपमेयरमा एमालेकी सावित्रा


बुटवल – बुटवल उपमहानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार खेलराज पाण्डे निर्वाचित हुनु भएको छ ।

एमालेका बाबुराम भट्टराईलाई ७ हजार ५३३ मतान्तरले पराजित गर्दै पाण्डे विजयी हुनु भएको हो । पाण्डेले ३० हजार १३१ मत प्राप्त गर्नु भएको हो । भट्टराईले २२ हजार ५९७ ल्याउनु भयो । राप्रपाका मृगेन्द्र शेरचनले ७ हजार ५३३ मत ल्याउनु भयो । जितको आधिकारिक घोषणा हुन बाँकी छ।

उपमेयरमा एमालेकी सावित्रा अर्याल विजयी हुनु भएको छ । उहाँले २४ हजार ९०४ मत ल्याउनु भयो । सत्ता गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका चीनबहादुर गुरूङले १७ हजार ९८० मत ल्याउनु भयो ।

राप्रपाकी भगवती पाण्डेले ६ हजार ५२९ ल्याउनु भएको छ । काङ्ग्रेसले बुटवलमा ११ वडा जितेको छ। एमाले ५ वडामा विजयी भएको छ।