अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अर्जुनधारामा एमालेका बलदेव र खड्गमाया विजयी

अर्जुनधारामा एमालेका बलदेव र खड्गमाया विजयी


झापा -झापाको अर्जुनधारा नगरपालिकामा एमालेका मेयर उपमेयर नै विजयी भएका छन् । मेयरमा बलदेव सिंह गोम्देन र उपमेयरमा खड्गमाया पराजुली विजयी हुनुभएको छ ।

गोम्देनले १९ हजार १ सय ६९ मत ल्याउनुभयो भने काँग्रेसकी रञ्जिता कार्कीले १३ हजार ७ सय ४३ ले ल्याउनुभयो । यसैगरी उपमेयरमा एमालेकी पराजुलीले १७ हजार ६ सय ३७ मत ल्याएर विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिवन्दी जितेस योञ्जनले ९ हजार ७१ मत ल्याउनुभएको छ ।