अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

संघीय र प्रदेशको चुनाव कात्तिक २७ र मंसिर १३ मा !

संघीय र प्रदेशको चुनाव कात्तिक २७ र मंसिर १३ मा !


काठमाडौं- स्थानीय तह निर्वाचनको परिणाम आइनसक्दै संघीय र प्रदेशसभाको निर्वाचनको मितीका बारेमा छलफल सुरु हुन थालेको छ । हिजोको सत्ता गठबन्धनको बैठकमा यो विषयले प्रवेश पाएको नेताहरुले जनाएका छन् ।
स्थानीय चुनावमा गठबन्धन सफल भएकोले यसलाई निरन्तरता दिएर यथासक्य चाँडो निर्वाचन गराउने पक्षमा प्रधानमन्त्री शेरबहादुर देउवा हुनुहुन्छ । उहाँ सकेसम्म असोज मै चुनाव गराउन सकिन्छ कि भनेर निकटहरुसाग परामर्शमा हुनुहुन्छ । तर निर्वाच्न आयोगले असोजमा संघीय र प्रदेशको चुनाव गराउन नसक्ने खबर प्रधानमन्त्री देउवालाई पठाएको छ ।
सत्ता गठबन्धनका माओवादी र एकिकृत समाजवादीले भने आगामी फागुन चैतमा चुनाव गर्ने विषयमा आन्तरिक परामर्श गर्न थालेको स्रोतले बताएको छ ।
निर्वाचन आयोगले चाँही आगामी कातिक २७ र मंसिर १३ गते दुई चरणमा संघ र प्रदेशको निर्वाचनको मिती प्रस्ताव गर्ने तयारीआन्तरिक तयारी थालेको छ ।
प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले अहिले नै संघीय र प्रदेश निर्वाचनको मितीका बारेमा कुनै छलफल नभएको बताउनुभयो । यो बेलासँग कुरा गर्दै थपलियाले भन्नुभयो ‘यस विषयमा छलफल सुरु भइसकेको छैन । तर कातिकको अन्तिम हप्ता र मंसिरको दोस्रो हप्ता भित्र चुनाव गर्नुपर्छ भनेर हामी प्रस्ताव गर्छौं ।’