अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

वि एण्ड सी अस्पतालसँग सहकार्य गर्न प्रसाईंको प्रस्ताव

वि एण्ड सी अस्पतालसँग सहकार्य गर्न प्रसाईंको प्रस्ताव


दुवई- वि एण्ड सी अस्पताल विर्तामोड झापाका कार्यकारी निर्देशक र संयुक्त अरब इमिरेट्सका अधिराजकुमार मोहम्मद बिन जुमा अल कमतुमबीच भेटवार्ता भएको छ । भेटमा प्रसाईले आफूले नेपालमा स्वास्थ र शिक्षाको क्षेत्रमा गरिरहेको व्यावसाय र सेवाको बारेमा कमतुमलाई जानकारी गराउनुभएको थियो ।

प्रसाईंले पूर्वाञ्चल क्यान्सर अस्पतालमा आधुनिक विधीबाट उपचार हुने गरेको जसले गर्दा क्यान्सरको उपचारका लागि विदेशीने नेपालीको संख्या कमी आएको बताउनुभएको छ ।

प्रसाईंले वि एण्ड सी अस्पताल र पूर्वाञ्चल क्यान्सर अस्पतालसँग सहकार्यका लागि विभिन्न प्रस्तावहरु राख्नुभएको छ । ति प्रस्तावका बारेमा भोली फेरी कमतुमसँग छलफल हुने गीरीले जानकारी दिनुभयो । दुवै पक्षबाट अन्तिम रुप दिएपछि सहकार्यका शर्तहरु सार्वजनिक गरिने गीरीले बताउनुभयो ।

प्रसाईले नेपालमा अर्गानिक सागसब्जी उत्पादन गरेर आफू गल्फका देशहरुका निर्यात गर्न पनि तयार रहेको बताउनुभएको छ । अस्पतालका जनसम्पर्क अधिकारी प्रोमिस गीरीका अनुसार सब्जी उत्पादनका लागि प्रदेश नं १ का विभिन्न स्थानहरुमा ठूलो मात्रामा जग्गाको प्रवन्ध भइरहेको उहाँले जानकारी गराउनुभएको थियो ।

भेटमा पूर्वाञ्चल क्यान्सर अस्पतालका सिइओ डा.निराजन प्रसाईं र जनसम्पर्क अधिकृत प्रोमिस गीरी पनि सहभागी हुनुहुन्थ्यो ।