अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आधारभूत तहका विद्यार्थीलाई नि:शुल्क पोशाक दिने नगरप्रमुख पौडेलको प्रतिवद्धता

आधारभूत तहका विद्यार्थीलाई नि:शुल्क पोशाक दिने नगरप्रमुख पौडेलको प्रतिवद्धता


सिमरा – जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेलले सामुदायिक विद्यालयमा भर्ना हुने आधारभूत तहका विद्यार्थीलाई निशुल्क पोशाक उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

सोमबार पदभार ग्रहण गर्दै उहाँले यस्तो प्रतिवद्धता जनाउनुभएको हो । कक्षा १ देखी ५ सम्म भर्ना हुने विद्यार्थीलाई निशुल्क पोशाक उपलब्ध गराउन आफू प्रतिबद्ध रहेको उहाँको भनाई छ ।

उहाँले जिल्ला न्यायधिस एवम् बाराको मुख्य निर्वाचन अधिकृत खिलनाथ रेग्मीसंग आईतबार सपथ लिनुभएको थियो ।

सोमबार पदभार ग्रहण गर्नुअघि उहाँले जनयुद्धका शहिद परिवारलाई सम्मान गर्नुभएको थियो । जनयुद्धका क्रममा बेपत्ता रहेका र ज्यान गुमाएका नागरिकलाई सम्झदै नगर प्रमुख पौडेलले जनयुद्धकै बलमा आफूले उपमहानगरपालिकाको नगर प्रमुख सम्मको यात्रा तय गर्न सकेको बताउनुभयो ।

पदभार ग्रहण कार्यक्रममा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चेतकुमार पोखरेल, नेकपा माओवादी केन्द्र बाराका अध्यक्ष क्षेत्रबहादुर श्रेष्ठ, उपमहानगरपालिकाका लेखाप्रमुख राजेन्द्र कार्की, प्रशासन प्रमुख बालाराम खड्कालगायतको उपस्थिती रहेको थियो ।

यसैबिच नवनिर्वाचित नगर प्रमुख राजन पौडेलले उपमहानगरपालिकाको न्यायीक ईजलास कक्षलाई माथिल्लो तल्लामा सारेर उक्त कोठालाई आफ्नो कार्यकक्ष बनाउदै पदबहाली गर्नुभएको छ ।

निवर्तमान नगर प्रमुखको कक्षमा नबस्नुभएका पौडेलले ईजलास कक्षलाई सभाहलमा सारेर उक्त कोठालाई आफ्नो कार्यकक्ष बनाउनुभएको हो ।

नगर उपप्रमुखको कार्यकक्षसंगै रहेको न्यायीक ईजलास कक्षमा प्रमुख बसेपछि ईजलास कक्षलाई सभाहलमा सारिएको छ । नगर प्रमुख पौडेलले निवर्तमान नगर उपप्रमुखको कार्यकक्षलाई ‘वेटिङ रुम’ बनाउनुभएको छ ।