अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

२६ पालिकाको परिणाम आउन बाँकी

२६ पालिकाको परिणाम आउन बाँकी


काठमाडौं – स्थानीय तह निर्वाचनको मतगणनाअन्तर्गत अब २६ पालिकाको अन्तिम मतपरिणाम सार्वजनिक हुन बाँकी रहेको छ । बढी मतदाता रहेका काठमाडौँ, ललितपुर, पोखरा, भरतपुर, वीरगञ्ज, महानगरपालिकासहित २६ पालिकाको परिणाम आउन बाँकी छ ।

निर्वाचन आयोगको सूचना प्रणालीमा आज मध्यान्ह १२ बजेसम्ममा २६९ नगरपालिका र ४५८ गाउँपालिका गरी ७२७ स्थानीय तहको अन्तिम परिणाम प्रविष्ट भइसकेको छ । कूल ७५३ पालिकामध्ये करिब ९५ प्रतिशत पालिकाको परिणाम आइसकेको हो । आयोगले यही जेठ १० गतेभित्र सबै स्थानको मतपरिणाम आउने विश्वास व्यक्त गरेको थियो ।

उदयपुरको त्रियुगा नगरपालिका–१२ र बाजुराको बूढीगङ्गा नगरपालिकाको मतदानबारे राजनीतिक विवाद उत्पन्न भएकाले आयोगको निर्णयपछि मतगणना वा पुनः मतदान हुनेछ ।