उदयपुर – उदयपुरको त्रियुगा नगरपालिकाका नवनिर्वाचित मेयर बसन्त बस्नेतले पद तथा गोपनियताको शपथ लिनु भएको छ ।
बुधबार एक कार्यक्रमकाबीच नर्वनिर्वाचित बस्नेतलाई जिल्ला न्यायधीस उत्तम सिलुवालले गाइघाट बोक्सेस्थित कर्मचारी मिलन केन्द्रको सभाहलमा शपथ गराउनु भएको हो ।
जिल्ला न्यायधीस उत्तम सिलुवालले त्रियुगा नगरपालिकाका सम्पुर्ण नवनिर्वाचित जनप्रतिनिधिहरुलाई प्रमाणपत्र वितरण गर्दै खादा ओडाइ बधाई समेत दिनुभएको थियो ।
नव निर्वाचित मेयर बस्नेतले शपथ सपथ लिएको भए पनि बाँकी नवनिर्वाचित जनप्रतिनिधिहरु उममेयर, वडाअध्यक्ष, वडा सदस्यलाई भने त्रियुगा नमूना माध्यमिक विद्यालयमा मेयरद्धारा सपथ लिएका छन् ।
त्रियुगा नगरपालिकाका नवनिर्वाचित सम्पुर्ण जनप्रतिनिधिले पद तथा गोपनियताको सपथ पश्चात् मेयर बस्नेतले पदभार ग्रहण गर्ने जिल्ला न्यायधीस सिलुवाले जानकारी दिनुभयो ।
शपथ ग्रहण गर्दै बस्नेतले नवनिर्वाचित उममेयर, वडाअध्यक्ष र वडासदस्यहरुलाई बधाई तथा नयाँ कार्यकालेको लागि शुभकामना समेत दिदै जनतामाझ गरेका कुराको पुरा गर्ने र त्रियुगा नगरलाई साझा नगरको रुपमा विकास गरी कुनै पनि नागरिकलाई भेदभाव नगरी अघि बढ्ने समेत प्रतिवद्धता गर्नुभयो ।
उममेयर महेश्वले राईले कार्यक्रममा बोल्दै सम्पुर्ण जनप्रतिनिधिलाई बधाई तथा शुभकामना दिंदै कुरा गरेर भन्दानी काम गरेर देखाउने बताउनु भयो ।




प्रतिक्रिया