काठमाडौ- नेकपा एमालेकी साँसद गंगा चौधरीले महिलाहरुले पुरुषलाई पिडित बनाइरहेको बताउनुभएको छ ।
संसदको आजको बैठकमा बोल्दै चौधरीले यौन हिंसाका घटनामा पुरुष मात्र दोषी नरहेको बताउनुभयो । ‘सबै पुरुष दोषी हुदैनन् ’ चौधरीले भन्नुभयो ‘मन मिलुन्जेल लभ,नमिलेपछि बलात्कार भन्ने चलन आइसक्यो । पूर्वसभामुख कृष्णबहादुर महरा र पल शाहको घटना मन मिल्दासम्म लभ भयो । मन नमिलेपछि बलात्कार भयो ।’
बलात्कारका मुद्धामा हद म्याद नराख्ने हो भने उजुरीको चाङ लाग्ने चौधरीको भनाइ छ । पुरुषको पिडाको सन्दर्भमा पनि कानुनले हेर्नु पर्दछ । ‘पुरुषको पिडाका सन्दर्भमा पनि कानुनले हेर्नु पर्दछ । नाबालक र किशोर किशोरका लागि हद म्याद नराख्दा पनि हुन्छ ।’







प्रतिक्रिया