अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पत्रकार पक्राउको विरोध गर्दै रास्वपा सचेतक परियारले भने– ‘पुलिस स्टेट बन्द गर’

पत्रकार पक्राउको विरोध गर्दै रास्वपा सचेतक परियारले भने– ‘पुलिस स्टेट बन्द गर’


काठमाडौं-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका सचेतक प्रकाशचन्द्र परियारले समाचार कक्षबाटै पत्रकार पक्राउ गर्ने तथा धरपकड गर्ने प्रहरीको कार्यशैलीप्रति आपत्ति जनाएका छन्।

शुक्रबार साँझ सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया सार्वजनिक गर्दै सचेतक परियारले समाचारको विषयलाई लिएर पत्रकार पक्राउ गर्ने, धरपकड गर्ने र नियन्त्रणमा लिने प्रयासको घोर भर्त्सना गरेका हुन्।

सचेतक परियारले प्रहरीको यस्तो कार्यशैलीले संविधानले सुनिश्चित गरेको प्रेस स्वतन्त्रताको मर्ममाथि प्रश्न उठाएको टिप्पणी गरेका छन्।

‘पुलिस स्टेट बन्द गर’, सचेतक परियारले लेखेका छन्, ‘समाचारको विषयलाई लिएर समाचार कक्षमै पुगेर पत्रकार पक्राउ, धरपकड र नियन्त्रणको दुष्प्रयासप्रति घोर भर्त्सना गर्दछु।’

प्रेस स्वतन्त्रताको संरक्षण र संवर्द्धन गर्ने दायित्व राज्यको भए पनि प्रहरीको पछिल्लो कार्यशैली ‘पुलिस स्टेट’ अर्थात् प्रहरी राजतर्फ उन्मुख देखिएको उनको भनाइ छ।

पत्रकारमाथि भइरहेको धरपकडप्रति विभिन्न राजनीतिक दल, पत्रकारसम्बद्ध संघसंस्था तथा सञ्चार क्षेत्रबाट विरोध भइरहेका बेला रास्वपा सचेतक परियारले पनि आपत्ति जनाएका हुन्।