अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्रीले मन्त्री फेर्न नमानेपछि माधव नेपाल आक्रोसित,मन्त्री बन्न तयार भएकाहरु निराश

प्रधानमन्त्रीले मन्त्री फेर्न नमानेपछि माधव नेपाल आक्रोसित,मन्त्री बन्न तयार भएकाहरु निराश


काठमाडौं -नेकपा एकीकृत समाजवादी पार्टीबाट मन्त्रीहरु फिर्ता बोलाउने निर्णय कार्यान्वयन नहुने भएको छ।
प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालबीच सोमबार बिहान बालुवाटारमा छलफल भएको थियो।
छलफलमा केही समयका लागि मन्त्रिमण्डल हेरफेर गर्न आफू नचाहेको देउवाले बताएका थिए। देउवाको अडानपछि तत्काल नयाँ मन्त्री नथप्ने निर्णय भएको हो। ‘बजारमा चलेको हल्ला बजारमै सकियो,’ स्वास्थ्यमन्त्री विरोध खतिवडाले भने।

आइतबार पार्टी सचिवालय बैठक बसेर एकीकृत समाजवादी पुराना मन्त्रीहरुलाई फिर्ता बोलाउने निर्णय भएको थियो। नयाँ मन्त्रीहरुको नाम पनि बालुवाटारमा पठाइसकिएको थियो।