काठमाडौं – मन्त्रिपरिषद् तत्काल पुनगर्ठन नहुने भएको छ ।
बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादवबीच तत्काल मन्त्री परिवर्तन नगर्ने सहमति भएको हो । नेकपा एकीकृत समाजवादीले सरकारमा रहेका चार मन्त्री फिर्ता बोलाएर नयाँ मन्त्री पठाउने निर्णय गरेको थियो । सो निर्णयपछि मन्त्रिपरिषद् पुनर्गठन हुने चर्चाबीच गठबन्धनका शीर्ष नेताहरुले केही समय पर्खने निष्कर्षमा पुगेका हुन् ।
संसदमा बजेटबारे मन्त्रालयगत छलफल हुने र त्यहाँ मन्त्रीहरूले जवाफ पनि दिनुपर्ने भएकोले अहिले मन्त्री परिवर्तन नगर्ने सहमति भएको छ।
प्रधानमन्त्री देउवाको सचिवालय स्रोतले पनि अहिले मन्त्री परिवर्तन नहुने बताएको छ। ‘तत्काल मन्त्री परिवर्तन नगर्ने भन्ने कुरा भएको छ,’ स्रोतले भन्यो, ‘एकीकृत समाजवादीबाट लिखित रूपमा नयाँ मन्त्रीका नाम पनि आइसकेको थिएन।’







प्रतिक्रिया