अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जिसस चितवनको प्रमुखमा गोलाप्रथाबाट एमालेका अधिकारी विजयी

जिसस चितवनको प्रमुखमा गोलाप्रथाबाट एमालेका अधिकारी विजयी


चितवन – जिल्ला समन्वय समिति चितवनको प्रमुखमा पाँच दलीय गठबन्धन र नेकपा एमालेको मत बराबर आएपछि गोला प्रथा गरिएको छ ।

जिसस प्रमुख र सदस्यहरुको लागि आज भएको निर्वाचनमा बराबर मत खसेको हो । जिल्लाका सात पालिकाका प्रमुख र उपप्रमुख गरी १४ जनाले मतदान गरेका थिए ।

गोलाप्रथा गर्दा प्रमुखमा एमालेका नारायण अधिकारी विजयी हुनु भएको छ । पाँच दलीय गठबन्धनबाट प्रमुखको उमेदवार बनेका नेपाली कांग्रेसका पूर्णबहादुर रानाभाट पराजित भएका छन् ।

उपप्रमुखमा भने नेकपा एकीकृत समाजवादीकी नेतृ कल्पना काफ्ले सापकोटा निर्विरोध हुनु भएको छ । जिल्लाका सात पालिकामध्ये एमालेले तीन प्रमुख र चार उपप्रमुख र गठबन्धनले चार प्रमुख र तीन उपप्रमुख जितेको थियो ।