अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राज्यमन्त्री विमलालाई तत्काल बर्खास्त गर्न एमाले लुम्बिनीको माग

राज्यमन्त्री विमलालाई तत्काल बर्खास्त गर्न एमाले लुम्बिनीको माग


रुपन्देही – नेकपा एमालेले सरकारको मन्त्रीजस्तो जिम्मेवार पदमा रहेको व्यक्ति सर्वसाधारणको घरमा आचरणहीन व्यवहारमा उत्रिँदा समेत मुख्यमन्त्री तथा सरकार जवाफविहीन भएर बसेको आरोप लगाएको छ ।

एमाले लुम्बिनी संसदीय दलका उपनेता तथा पूर्व मन्त्री वैजनाथ चौधरीले स्वास्थ्य राज्यमन्त्री विमला खत्री वली आफ्नो पिएओसहित परपुरुषको घरमा गएर उहाँको श्रीमती र परिवारलाई कुटपिट गर्ने, समान तोडफोड गर्ने प्रमाणसहितका विषय बाहिर आउँदासमेत मुख्यमन्त्रीसहितका मन्त्रीहरू चुप लागेर बस्नु लज्जाको विषय भएको बताएका छन् ।

उहाँले राज्यमन्त्री वलीलाई बर्खास्त गर्दै शक्तिको दुरुपयोग गरेर अर्काको घरमा पसेर हातपात गर्नेलाई कडा कानूनी कारबाही गर्नुपर्ने एमालेको माग रहेको बताउनु भयो ।