अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

ट्रिनिटी कलेजका सुरक्षा गार्डलाई खुकुरी हानेको अभियोगमा कक्षा -११ का जना विद्यार्थी पक्राउ

ट्रिनिटी कलेजका सुरक्षा गार्डलाई खुकुरी हानेको अभियोगमा कक्षा -११ का जना विद्यार्थी पक्राउ


काठमाडौं- काठमाडौंको कालिकास्थान स्थित ट्रिनिटी कलेजमा कार्यरत सुरक्षा गार्डमाथि खुकुरी प्रहार भएको छ । यो घटनाको अनुसन्धानका लागि प्रहरीले चार जना विद्यार्थीलाई नियन्त्रणमा लिएको छ ।

मंगलबार दिउँसो साढे १ बजेतिर सुरक्षा गार्डलाई केही व्यक्तिहरुले धारिलो हतियार प्रहार गरी घाइते बनाएको भन्ने सूचना प्राप्त भएपछि प्रहरी वृत्त सिंहदरबारको टोली परिचालित भएको थियो । प्रहरीले घाइतेलाई उद्धार गरी मोडेल अस्पताल पुर्याएको थियो । धारिलो हतियार प्रहारबाट बायाँ कान मुनि चोट लागेका ती सुरक्षा गार्ड उपचारपछि डिस्चार्ज भएको र उनको अवस्था सुधारोन्मुख रहेको प्रहरीले जनाएको छ ।
घटनाको अनुसन्धान गर्ने क्रममा उक्त घटनामा संलग्न सोही कलेजका मानविकी संकायमा कक्षा ११ मा अध्ययनरत चार जना विद्यार्थीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरीले म्याग्दीको बेनी नगरपालिका घर भई हाल काठमाडौंको बानियाटार बस्ने राजेन्द्र बानियाँका छोरा जोसेन बानियाँ, रामेछापको मन्थली घर भई हाल काठमाडौंको डिल्लीबजार बस्ने पदम बहादुर खत्रीको छोरा विपिन खत्री, ओखलढुंगाको मानेभञ्ज्याङ–६ घर भई हाल काठमाडौं घट्टेकुलो बस्ने गौरी खतिवडाका छोरा प्रतिक खतिवडा र काठमाडौं टोखा–६ घर भएका तप्त बहादुर भण्डारीका छोरा सञ्जिव भण्डारी ९अनमोल०लाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।